

गाउँघरमा देउसी र भैलोको रमझम





राजेन्द्र खनाल, कपिलवस्तु । नेपालीहरुको दोस्रो महान पर्व तिहार (दिपावली) यतिबेला सबैको घर आँगनमा प्रवेश गरिसकेको छ । कपिलवस्तु सहित देशभर तिहारले यतिबेला घर आँगन झिलिमिली बनेका छन भने रंगिचंगि फूल र झिरझिरेले थप शोभायमान बनाएको छ ।
तिहारका बेला खेलिने देउसी भैलोका कार्यक्रम समेत कपिलवस्तु सहित देशभर घर आँगन र गाउँबजारका मुख्य चोक चौराहमा मज्जैले देखिन थालेका छन् । साच्चै तिहारले देश यतिबेला झिलिमिली बनेको छ । कपिलवस्तुमा तिहारसँगै खेलीने देउसी भैलोका कार्यक्रम यसवर्ष अघिल्ला वर्ष भन्दा धेरै देखिने गरेका छन् । लक्ष्मी पूजाका दिन देखि नै यहाँ देउसी खेल्न सुरु गरिएको हो । विभिन्न संघ संस्था देखि समुहहरुले यसपटक देउसी भैलोका कार्यक्रम आयोजना गरेका छन् ।
नेपाली मौलिक परम्परासँग जोडिएको देउसी तिहारका बेला मात्रै खेल्ने गरीन्छ । तिहारको कात्तिके दान स्वरुप देउसीरेहरुलाई पैसा, सेलरोटी, चामल, लगाएत प्रदान गर्ने गरीन्छ । तर पछिल्लो समय नेपाली मौलिक संस्कृति भन्दा देउसीमा रेकर्डेट गीतसंगितका कारण तिहारको मौलिकता ओझेलमा परेको छ । यसले नयाँ पुस्तामा मोलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने दायित्वबोध गराउन नसकेको पाइएको छ ।
भाइटिकाका विषयमा जनउक्ति
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छस् एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ती चेलीले यमदूतलाई टिका टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टिकोटालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टिका टालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदूतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजुलाई यसै गरी टिका लगाउन र पुज्न पाउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किम्बदन्ती रहेको छ ।
दिदी(बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न कालागि भूँर्इमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल(पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।
शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टी लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिन्छन् । सप्तरङ्गी टिकाको कला एक अर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गक्ष अनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।
आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदै छ । आपसमा माया अनि सद्भाव साटासाट हुँदै छ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ(आफ्नै तरिकाले मनाउने चलन छ । भ्रातृत्व अनि आत्मीयताको आजको दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ । यस महान् पर्व तिहारको आज पाँचौँ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदै छ । दसैँलाई बिस्तारै बिदा गरेर तिहारको रमाइलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट विदाईले साह्रै नरमाइलो पनि हुन्छ । पूर्वीय बिदाहरू सकिएर अब विद्यालयहरू सुचारु हुन्छ, कार्यालयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ । हिउँदका छोटा दिनहरू हुर्किँदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ
काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्सीवाद हामीलाई लागोस्, वर्षभरि खुसीका प्रकाशहरू आँगनमा फैलिरहोस् अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग












प्रतिक्रिया