

लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग



लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागु गर्न विभिन्न आदिवासी जनजाति संघसंस्थाले माग गरेका छन् ।
उनीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै भाषिक अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएका हुन् ।
नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाज, सूचना प्रवाह तथा सेवा वितरणमा प्रयोग गर्नुपर्ने माग अघि सारेको छ ।
संघका अध्यक्ष खलुप्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक रूपमा बोलिने भएकाले यसको प्रयोगलाई संस्थागत गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, मगर भाषा जान्ने कर्मचारीको व्यवस्थापन, आवश्यक तालिम तथा स्थानीय तहसँग समन्वय गरेर कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।
संघले यसबाट मगर समुदायलाई सरकारी सेवा लिन सहज हुने र समावेशी शासन प्रणाली अझ मजबुत बन्ने विश्वास व्यक्त गरेको छ ।
यस्तै, थारु कल्याणकारिणी सभा दाङले पनि थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
सभाका अध्यक्ष अशोककुमार चौधरीले लुम्बिनी प्रदेशमा थारु समुदायको उल्लेखनीय जनसंख्या रहेको र भाषा आयोगको सिफारिससमेत आइसकेको अवस्थामा ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
यसैबीच, नेपाल मगर संघले मगर समुदायको मौलिक सांस्कृतिक पर्व ‘भूमे पर्व’ का अवसरमा हरेक वर्ष असार १ गते प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्न समेत माग गरेको छ । उक्त पर्वले सामाजिक सद्भाव, सांस्कृतिक एकता र परम्परागत जीवनशैलीलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया