

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते



नवलपुरको गैँडाकोट नगरपालिका–९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
नारायणगढबाट भेडाबारीतर्फ आउँदै गरेको ना। ७ ख। ८६२१ नम्बरको टिप्परले सोही दिशातर्फ आइरहेको लु। ४१ प। ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पंडितले दिएको जानकारी अनुसार मोटरसाइकलको पछाडि सवार देवचुली नगरपालिका–१० निवासी ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक मृतकका श्रीमान् ४० वर्षीय राजबहादुर थापा घाइते भएका छन् । उनको दुवै हात, खुट्टा र अनुहारमा चोट लागेको छ ।
मृतक थापाको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारका क्रममा उनको नयाँ मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको सूचना अधिकारी पंडितले जानकारी दिए ।
दुर्घटनामा संलग्न टिप्पर र चालक भरतपुर महानगरपालिका–१८, शशीनगर निवासी ३२ वर्षीय सुनिल महतोेलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया