
पश्चिम एसियाका १२ देशमा सबै प्रकारका श्रम स्वीकृति खुला

सरकारले पश्चिम एसियाका १२ देशमा सबै प्रकारका श्रम स्वीकृति खुला गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयानुसार श्रम स्वीकृति खुला गरिएको हो ।
अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएलगत्तै नेपाल सरकारले साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स (युएई) कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र ईजरायल समेतका देशहरूमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको थियो।
पश्चिम एसियामा गत फागुन १६ गतेबाट युद्ध सुरु भएको थियो । फागुन १७ गते सरकारले पश्चिम एसियाका देशमा दिँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको थियो । इराकको हकमा गत पुस ११ गतेका मन्त्रिपरिषद्को निर्णयानुसार हुने जनाइएको थियो ।
“इराकको हकमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णयानुसार नै हुने गरी तथा माथि उल्लेखित अन्य देशहरूको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको ब्यहोरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (मा.मन्त्रीस्तर) को मिति २०८३ वैशाख ०७ को निर्णयानुसार सम्बद्ध सबैलाई जानकारी गराइन्छ,” वैदेशिक रोजगार विभागले सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
यो निर्णयसँगै साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स (युएई) कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र ईजरायल गरी १२ देशको श्रम स्वीकृति खुला भएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया