

भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा





साझाकुरा, भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित देउराली चोकमा शनिबार सहकारी पसलको उद्घाटन गरिएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडद्धारा संचालित सहकारी सस्तो पसलको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो भने साना किसान कृषि सहकारीको ३० औँ स्थापना दिवस समेत मनाइएको छ ।
सहकारी संस्थाले संचालनमा ल्याएको सहकारी पसलको संस्थाका संस्थापक अध्यक्ष हरिराज घिमिरेले औपचारिक शुभारम्भ गरे । उनले पसलको उद्घाटन गर्दै साना किसान कृषि सहकारी संस्था स्थापनादेखि हाल सम्म किसानहरुको सहजताका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको उल्लेख गर्दै सहकारी पसललाई सबैले आफ्नो पसल ठानेर यसबाट अधिक्तम कारोबार गरी सेवा लिन आग्रह पनि गरेका छन् ।
यस्तै कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका पुर्व अध्यक्ष कुमार मधु बेल्बासेले सहकारी स्थापना भएको ३० वर्ष पुगिसक्दा संस्थागत विकास र सेवा प्रवाहमा प्रभावकारीता पनि बढ्दै गएको बताए । उनले सहकारी पसलबाट उपलब्ध सामान र वस्तुको गुणस्तरीयतामा ख्याल राखी बिक्रिवितरण गर्नुपर्ने बताए ।

कार्यक्रममा सहकारीका पुर्व लेखा समिति सदस्य विष्णु भुसाल, सदस्य बिन्द्रबहादुर गुरुङ लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतासहति संस्थापक अध्यक्ष हरिराज घिमिरेको प्रमुख आतिथ्यता तथा संस्थाका उपाध्यक्ष बसन्ती थापाको स्वागत मन्तव्य र प्रबन्धक मानकुमारी गिरीको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सहायक प्रबन्धक दिपक क्षेत्रीले सहकारी पसलबाट विभिन्न सामानको खरिद तथा बिक्रिको वर्तमान अवस्थाबारे जानकारी गराए । यस्तै प्रबन्धक मानकुमारी गिरीका अनुसार सहकारी पसलबाट नागरिकहरुले दैनिक उपभोग्य वस्तुहरुका साथै कृषि तथा पशुपञ्छीका लागि आवश्यक खाद्यान्न तथा विउपल पनि यहाँबाट पाउने छन् । यस्तै किसानका उत्पादनलाई पनि सहकारीले खरिद गरी उनीहरुको उत्पादनको बजार विस्तारमा पनि सहयागी बन्ने गरी काम गर्ने जनाइएको छ ।
कार्यक्रममा सहकारीका विभिन्न टोलका शेयर सदस्य तथा संचालक समिति लगाएतको उपस्थिति रहेको थियो ।





खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया