

लुम्बिनीलाई ‘बर्थिङ हब’का रूपमा विकास गरिने



काठमाडौं । सरकारले नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने कार्यक्रम ल्याएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमको घोषणा गरेका हुन् । “नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिनेछ,” अर्थमन्त्री पुनले भने । यस कार्यक्रमअन्तर्गत राम जानकीको विवाहस्थल जनकपुरलाई ‘वेडिङ हब’ को रूपमा विकास गरिने छ ।
यस्तै, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हब’को रूपमा प्रवर्द्धन गरिने अर्थमन्त्री पुनले बताए । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक नेपाल भित्राउने गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने पनि अर्थमन्त्री पुनले बताए । पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने उनले जनाए ।


खबर सबै
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
तिनाउको बाढीले छ घर बगे
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया