

सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम



साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित सामुदायिक सिकाइ केन्द्रले समुह व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नव प्रभात वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा बुधबार सम्पन्न भएको हो ।
सिकाइ केन्द्रका सदस्यहरुका लागि समुह व्यवस्थापन तालिममा मुख्य प्रशिक्षकको रुपमा धु्रव बेल्बासे रहेका थिए । उनले सहभागिहरुलाई संस्थागत समुह व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका छन् ।
यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष दिपक कुमार कुँवरले सहभागिहरुलाई क्षमता विकासका विषयमा सहजिकरण गरेका छन् ।
कार्यक्रममा अध्यक्ष कुँवरको अध्यक्षता तथा वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका सचिव शान्ता पोख्रेलको संचालन र परिचारिका गिता अधिकारीको सहजिकरणमा सम्पन्न भएको हो ।
५० जना भन्दा बढि सदस्यहरुको सहभागितामा कार्यक्रम गरिएको संस्थाका अध्यक्ष दिपक कुँवरले जानकारी दिएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले भलवाड सामुदायिक सिकाइ केन्द्रको थप विकासका लागि काम गर्न आवश्यक रहेको भन्दै उनले संस्थाले पनि थप सक्रियताका साथ काम गर्नुपर्ने आवश्यकता औल्याए । उनले वडाका तर्फबाट थप सहयोग गर्न नपाएको भन्दै आगामी दिनमा यसलाई अझ सक्रिय बनाएर लैजान आवश्यक रहेको पनि बताएका थिए ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया