

सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम



साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित सामुदायिक सिकाइ केन्द्रले समुह व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नव प्रभात वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा बुधबार सम्पन्न भएको हो ।
सिकाइ केन्द्रका सदस्यहरुका लागि समुह व्यवस्थापन तालिममा मुख्य प्रशिक्षकको रुपमा धु्रव बेल्बासे रहेका थिए । उनले सहभागिहरुलाई संस्थागत समुह व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका छन् ।
यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष दिपक कुमार कुँवरले सहभागिहरुलाई क्षमता विकासका विषयमा सहजिकरण गरेका छन् ।
कार्यक्रममा अध्यक्ष कुँवरको अध्यक्षता तथा वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका सचिव शान्ता पोख्रेलको संचालन र परिचारिका गिता अधिकारीको सहजिकरणमा सम्पन्न भएको हो ।
५० जना भन्दा बढि सदस्यहरुको सहभागितामा कार्यक्रम गरिएको संस्थाका अध्यक्ष दिपक कुँवरले जानकारी दिएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले भलवाड सामुदायिक सिकाइ केन्द्रको थप विकासका लागि काम गर्न आवश्यक रहेको भन्दै उनले संस्थाले पनि थप सक्रियताका साथ काम गर्नुपर्ने आवश्यकता औल्याए । उनले वडाका तर्फबाट थप सहयोग गर्न नपाएको भन्दै आगामी दिनमा यसलाई अझ सक्रिय बनाएर लैजान आवश्यक रहेको पनि बताएका थिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया