

गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले दियो आधिकारिकता



काठमाडौँ । निर्वाचन आयोगले विशेष महाविधेशन गरेर पार्टीलाई जीवन्त तुल्याएको गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको छ । पार्टीको विधानअनुसार विशेष महाधिवेशन सफल पारेको गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएको आयोग उच्च स्रोतले बताएको छ ।
निर्वाचन आयोगको आज दिनभर बसेको बैठकले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेको हो । गगन थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेसँगै सोहीअनुसार पार्टीको अद्यावधिक हुने भएको हो ।
यता आधिकारिकता माग्दै शेरबहादुर देउवा पक्षले धम्कीपूर्ण भाषा प्रयोग गर्दै निर्वाचन आयोगले आफूहरुको विपक्षमा निर्णय सुनाए देशैभर आन्दोलन गर्ने बताएको छ ।
पार्टी विधानविपरीत गएको देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आगामी प्रतिनिधि सभा निर्वाचन नै प्रभावित पार्ने किसिमले देशैभर आन्दोलन गर्ने धम्की दिएका हुन् ।
तर कानूनका दफा दफा हेरेर दिनभर अनुसन्धान गरेका निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरुले थापा पक्षलाई आधिकारिकता दिएका हुन् ।
उनीहरु बेलुकी कडा सुरक्षाबीच आयोगबाट घर गएका थिए । उनीहरु गएपछिमात्र थापा पक्षलाई आधिकारिकता दिएको सूचना बाहिरिएको हो ।
यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका थिए ।
‘‘विधि, पद्धति छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धति बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।
आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको आफ्नै संस्थागत परम्परा रहेको दाबी गरे ।
भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आग्रहसमेत गरे ।
उक्त विवाद सुल्झाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए ।
गगनको पक्षले आधिकारिकता भएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरेका छन् । यता गगन पक्षले खुशीयाली मनाइरहेको छ ।
५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित मागपत्र बुझाएका थिए ।
विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ ।
तर संस्थापनले विशेष महाधिवेशन नडाकी पुस २६ देखि हुने गरी नियमित महाधिवेशन डाक्यो । तर त्यो महाधिवेशन गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरेन ।
नियत थियो चुनावपछि महाधिवेशन गर्ने र वैशाखमा पुर्यायो । तर निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन डाकेर पुस २७ देखि ३० गतेसम्म गरी नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्यो ।
सोही विधि विधानपूर्वक गरिएको विशेष महाधिवेशनलाई नै आधार मानेर आयोगले गगन नेतृत्वलाई आधिकारिकता दिएको हो । योसँगै देउवा युग सकिएको छ ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया