

वर्ष ०८२ : एक लाख १० हजारले बढ्यो सुनको भाउ, प्रतिदिन ३०३ !



काठमाडौं । वर्ष ०८२ मा सुनचाँदीको मूल्य अचाक्ली बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो वर्ष सुनको मूल्य एक लाख १० हजार ७०० रुपैयाँले बढेको देखिएको छ । यस्तै, चाँदी २९ सय ४० रुपैयाँले बढेको छ ।
०८१ चैत ३१ मा प्रतितोला सुनको मूल्य एक लाख ८६ हजार थियो । यो वर्षको अन्तिम दिन (०८२, चैत ३०) मा दुई लाख ९६ हजार ७०० कारोबार भइरहेको छ । अर्थात् यो वर्ष सुनको भाउ प्रदिदिन औसतमा ३०३.२८ रुपैयाँले बढेको छ ।
गत वर्ष सुन तोलामा ४७ हजारले बढेको थियो । चाँदी भने २१० रुपैयाँले बढेको थियो ।
कुन महिना कति घटबढ ?
०८२ को पहिलो महिना वैशाखमा ०८१ चैतको तुलनामा ७०० रुपैयाँले बढ्यो । सो महिना प्रतितोला एक लाख ८५ हजार ३०० कायम भयो ।
वैशाखमा घटेको भाउ जेठमा भने बढ्यो । यो महिना ११ हजार ८०० ले बढेर तोलाको एक लाख ९७ हजार १०० रुपैयाँ पुग्यो । त्यसपछि असारमा पाँच हजार १०० सयले घटेर एक लाख ९२ हजारमा झर्यो ।
महासंघका अनुसार, साउनको अन्तिम दिन (३० गते) एक लाख ९६ हजार २०० मा खरिदबिक्री भएको थियो, जुन असारको तुलनामा ४२ सयले बढी हो ।
भदौदेखि भने सुनको मूल्य दुई लाख नाघ्न थाल्यो । यो महिना तोलामै २० हजार ९०० ले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको थियो ।
चाडपर्वको महिना असोजमा पनि मूल्य बढ्ने क्रम जारी रह्यो । महासंघका अनुसार यो महिनामा ४० हजार ९०० ले बढ्यो । असोज ३१ को मूल्य दुई लाख ५८ हजार थियो ।
कात्तिकमा आएर केही घट्यो । महासंघको तथ्यांकले यो महिना १५ हजार २०० रुपैयाँले घटेको देखाउँछ । अर्थात् कात्तिकको अन्तिम दिन सुन दुई लाख ४२ हजार ८०० मा कारोबार भएको थियो ।
मंसिरमा प्रतितोला १७ हजार ९०० ले घटेर दुई लाख ६० हजार ७०० मा झरेको सुन पुस अन्तिम फेरि १७ हजार ३०० ले बढेर दुई लाख ७८ हजार रुपैयाँ कायम भयो ।
माघ लागेसँगै सुनको मूल्यले अर्को रेकर्ड बनायो । अर्थात् यही महिनादेखि तीन लाख नाघ्यो । माघमा सर्वाधिक २८ हजार ५०० रुपैयाँले बढ्यो । महासंघका अनुसार, यो महिनाको अन्तिम दिन तीन लाख ६ हजार ५०० मा कारोबार भएको थियो ।
फागुनमा फेरि सुनको भाउ प्रतितोला सात हजार ७०० रुपैयाँले बढ्यो । यो महिना तीन लाख १४ हजार २०० कायम यो । यस्तै, चैतमा भने घटेको छ । महासंघका अनुसार वर्ष ०८२ को अन्तिम महिनामा साढे १७ हजारले घटेको छ । आज (चैत ०८२) दुई लाख ९६ हजार ७०० मा कारोबार भइरहेको छ ।
चाँदीमा २९ सयको वृद्धि
महासंघका अनुसार, यो वर्ष सुन मात्रै होइन, चाँदीको भाउ पनि बढेको छ । ०८१ चैत अन्तिम कारोबार दिन चाँदी प्रतितोला १९ सय ६० रुपैयाँ थियो । आज (०८२, चैत ३०)का लागि चार हजार ९०० मा कारोबार मूल्य तोकिएको छ ।
अर्थात् यो वर्ष चाँदी प्रतितोला २९ सय ४० रुपैयाँले बढेको देखिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया