

स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख

सरकारले हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशका कारण विभिन्न स्वास्थ्य निकायहरू नेतृत्वविहीन बनेपछि स्वास्थ्य मन्त्रालयले तत्कालका लागि निमित्त प्रमुख नियुक्त गरेको छ।
नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा अवरोध नआओस् भनेर मन्त्रालयले तत्काललाई निमित्त प्रमुखहरू नियुक्त गरेको हो। मन्त्रालयले योग्यताका आधारमा निमित्त नियुक्त गरेको जनाएको छ।
निमित्तहरूको नियुक्ति अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था भएको मन्त्रालयले जनाएको छ।
सरकार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको छ। छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी योग्यताका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले निम्न पदाधिकारीहरूलाई संस्थाको कार्यवाहक जिम्मेवारी तोकेको छ —
अल्पकालीन जिम्मेवारी पाउने निमित्त निर्देशक/प्रमुखहरू:
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान — प्रा.डा. समिता पन्त
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान — डा. नरेन्द्र विक्रम गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान — सह-प्रा.डा. विनम्र विष्ट
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) — सह-प्रा.डा. इन्द्र लिम्बु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) — सह-प्रा.डा. सुरेश रसाइली
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) — डा. उमेश नेपाल
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र — सह-प्रा.डा. रविन्द्रभक्त तिमला
स्वास्थ्य बिमा बोर्ड — शकुन्तला प्रजापति
वीर अस्पताल, निमित्त निर्देशक — प्रा. डा. प्रभा कोईराला


खबर सबै
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया