

स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख



सरकारले हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशका कारण विभिन्न स्वास्थ्य निकायहरू नेतृत्वविहीन बनेपछि स्वास्थ्य मन्त्रालयले तत्कालका लागि निमित्त प्रमुख नियुक्त गरेको छ।
नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा अवरोध नआओस् भनेर मन्त्रालयले तत्काललाई निमित्त प्रमुखहरू नियुक्त गरेको हो। मन्त्रालयले योग्यताका आधारमा निमित्त नियुक्त गरेको जनाएको छ।
निमित्तहरूको नियुक्ति अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था भएको मन्त्रालयले जनाएको छ।
सरकार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको छ। छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी योग्यताका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले निम्न पदाधिकारीहरूलाई संस्थाको कार्यवाहक जिम्मेवारी तोकेको छ —
अल्पकालीन जिम्मेवारी पाउने निमित्त निर्देशक/प्रमुखहरू:
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान — प्रा.डा. समिता पन्त
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान — डा. नरेन्द्र विक्रम गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान — सह-प्रा.डा. विनम्र विष्ट
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) — सह-प्रा.डा. इन्द्र लिम्बु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) — सह-प्रा.डा. सुरेश रसाइली
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) — डा. उमेश नेपाल
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र — सह-प्रा.डा. रविन्द्रभक्त तिमला
स्वास्थ्य बिमा बोर्ड — शकुन्तला प्रजापति
वीर अस्पताल, निमित्त निर्देशक — प्रा. डा. प्रभा कोईराला


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया