



आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल

आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार सन् २०२६ जनवरी ७ तारिख । माघ कृष्ण पक्षको चतुर्थी तिथि । अरनिको स्मृति दिवस ।
मेष : खर्च बढ्नेछ । अनावश्यक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । विपक्षी साथीले सहयोग गर्ने भएकाले काम गर्ने वातावरण बन्नेछ । विदेशमा गरेको लगानीबाट लाभ हुनेछ ।
वृष : दिन सहज छ । नयाँ साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ । राज्यको सेवा गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानी भए पनि राम्रो आम्दानी हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
मिथुन : घरभित्र भन्दा बाहिरका व्यक्तिको सहयोग मिल्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ अवसर प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा देखिने विकल्पबाट मन खुशी हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।
कर्कट : शिक्षाका क्षेत्रमा प्रगति हुनेछ । दाजुभाइले साथ दिनेछन् । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ ।
सिंह : आज नयाँ काम थालनी गर्नु उपयुक्त छ । केही गर्न खोजेको भए सुरु गर्दा फाइदा हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ । राज्यको सेवाबाट सन्तुष्टि मिल्नेछ । परिवारमा भने धोका हुनेछ ।
कन्या : स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । तपाईंको सहयोगमा विपक्षी पनि जुटेकाले महत्त्वपूर्ण काम बन्नेछ । निर्णय गर्नुपर्ने समयमा दीर्घकालीन सोच राख्नु राम्रो हुन्छ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।
तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यका अंगमा काम गर्नुहुन्छ भने पदोन्नती हुनेछ । धार्मिक व्यक्तिसँगको सहकार्यबाट फाइदा हुनेछ ।
वृश्चिक : शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ । अन्य क्षेत्रमा भने लगानी नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्ने जोखिम देखिन्छ ।
धनु : उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मकर : आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ । साथीभाइसँगको सहकार्यलाई अगाडि बढाएमा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती हुने भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ । प्रेममा ठुलो विश्वास गर्दा घाटा हुने जोखिम रहेको छ ।
कुम्भ : मन शान्त बन्नेछ । आफ्नो कामबाट आफैलाई खुसी महशुस हुनेछ । धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । स्वास्थ्य क्षेत्रमा भने सचेत बन्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।
मीन : दिन रमाइलो बन्नेछ । शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ । परिवारको तर्फबाट तपाईंको राम्रो रेखदेख हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया