

दाङको अर्जुन खोलामा डुबेर २ बालकको मृत्यु





दाङ । देउखुरी उपत्यकाको अर्जुन खोलामा डुबेर आज मङ्गलवार दुई बालकको ज्यान गएको छ ।
खोलामा डुबेर लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२ वर्षीय ललित परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुवै जना बालकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।
आज दिउँसो साढे ३ बजेतिर अर्जुन खोलाको पुलमुनि नुहाउन गएका बेला उनीहरू खोलामा डुबेका थिए ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया