बाणगंगा साहित्यिक प्रतिष्ठानको अध्यक्षमा श्रीकृष्ण प्रसाद पाण्डे

कपिलवस्तु । कपिलवस्तु स्थित बाणगंगा साहित्यिक प्रतिष्ठानको १७ औँ वार्षिक साधारण सभा तथा छैठाँै अधिवेशन सोमबार सम्पन्न भएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका स्थित बाणग्ांगा मावि लौगाइमा सम्पन्न साधारण सभा तथा अधिवेशनमा साहित्यकारहरुले आफ्ना रचना वाचन समेत गरेका थिए ।

यस्तै प्रतिष्ठानको छैठौँ अधिवेशनबाट बाणगंगा साहित्य प्रतिष्ठनको नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित समितिको अध्यक्षमा ज्यो श्रीकृष्ण प्रसाद पाण्डे, उपाध्यक्षमा देवका भण्डारी, सचिवमा मोहन अधिकारी, कोषाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सह सचिवमा कमला खनाल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा क्रमशः राधा पाण्डे, सारदा पौडेल, पुनाराम गिरी लगाएत रहनुभएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्र्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षता, उपाध्यक्ष देवका भण्डारीको स्वागत र सचिव हुमनाथ पौडेलको संचलान रहेको थियो ।

प्रतिक्रिया

खबर सबै