

रुपन्देही– २ : गठबन्धनका साझा उम्मेद्धार सार्वजनिक





बुटवल । रुपन्देही क्षेत्र नंं। २ मा सत्तारुढ गठबन्धनका दलहरूले शनिबार साझा उम्मेदवार सार्वजनिक गरेका छन् । गठबन्धन दलका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले रुपन्देही–२ राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी) लाई साझा उम्मेदवार बनाउने घोषणा गरेको हो ।
बुटवलमा पत्रकार सम्मेलन गरेर गठबन्धनका दलले रुपन्देही–२ मा प्रतिनिधि सभातर्फ केशवबहादुरलाई सघाउने घोषणा गरेका हुन् । जनमुक्ति पार्टीसँग गठबन्धनले गरेको सहमति अनुसार रुपन्देहीका क्षेत्र नंं १, ३, ४ र ५ मा गठबन्धनका उम्मेदवारलाई जनमुक्तिले सघाउने छ । त्यस्तै रुपन्देही २ को प्रदेशसभा क र ख, क्षेत्र नं। ३ को प्रदेश सभा ख मा पनि जनमुक्तिले गठबन्धनका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
त्यस्तै जनमुक्तिबाट उम्मेदवारी दिएका रुपन्देही १ को प्रदेश सभा क बाट उम्मेदवार बनेका विमला गुरुङ, ख का उम्मेदवार छत्रबहादुर दर्लामी, रुपन्देही ३ को प्रदेशसभा ख का उम्मेदवार मीनबहादुर पल्ली, रुपन्देही १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डीबी थापा, क्षेत्र नं। ३ का माजीव अली, क्षेत्र नं। ४ का जवाहर अली र क्षेत्र नंं ५ का भैरव थापाको उम्मेदवारी निष्क्रिय गरिएको छ ।
पत्रकार सम्मेलनमा गठबन्धन तथा जनमुक्तिका वार्ता टोली संयोजक तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले आफ्नो उम्मेदवारी खारेज गराउन एमाले नेता विष्णु पौडेलले विभिन्न जालझेल गरेको भए पनि जनमुक्तिका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनले विजयी गराएर छोड्ने उद्घोष गरे । रुपन्देही २ मा नेता पौडेलले आफू निर्विरोध हुने प्रयासमा विभिन्न तिकडम गरिरहेका भन्दै गुरुङले उनको योजना पुरा हुन नदिइने उल्लेख गरे । वार्ता टोलीमा नेकपा ९माओवादी केन्द्र० का नेता बामदेव क्षेत्री, नेपाली कांग्रेसका रामकृष्ण खाँण, लोसपाका अजय वर्मा, नेसपाका कमल खनाल तथा जनमुक्तिका प्रेमबहादुर थापा सहभागी थिए ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया