

कपिलवस्तुका थारु समुदायले मनाए बल्चढाई पर्व





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका लगाएत जिल्लाभरका थारु समुदायमा मंगलबार झुमरा नाचले रौनकता छाएको छ । मादलको ताल र मञ्जिराको झंकारले पुरै थारु समुदाय गुञ्जायमान बनेको छ ।
थारु बाहुल्य समुदाय रहेको कपिलवस्तुमा यस वर्षको विजया दशमी पर्व तथा महानवामीका दिन हरेक वर्ष जस्तै यस वर्ष पनि आज बल्चरहाइ÷पित्राही पर्व मनाइएको हो । सामूहिक नाचिने झुमरा नाचले गाउँमा दसैँ आएको छनक दिएको छ । सुनसान हुने गाउँको मोहोललाई एकाएक उल्लासमय पनि बनाएको छ ।
कपिलवस्तुका थारु समुदायले घटस्थापनाको दिन जुन हेरेर जमरा राख्ने गर्छन भने त्यसको आठौँ दिन ढिक्राही पर्व र नवौँ दिन पित्राही पर्व मनाउने गर्छन । सोही अनुसार आज यो पर्व मनाएको उनीहरु बताउँछन् । कपिलवस्तुको बाणगंगा नदी, कोइली नदी लगाएतका जलाशय किनारमा भेला भई आफ्नो परम्परा अनुसार झुमरा गित गाउँदै उनीहरुले विधि पुर्वक पित्राही पर्व मनाएको बताउँछन् कपिलवस्तुका थारु पत्रकार नरेश थारु ।
एकाबिहानै हरियो खरको मुठाइ बनाइ मिन्झारीमा राखि जमरमा, बेबुरी, रक्सि र लोकल भाले आफ्ना पितृहरुलाई चढाउने चलन रहेको उनले बताए । आफ्ना दिवङ्गत आत्माहरुको सम्झाना स्वरुप उनीहरुको स्वर्गमा बास होस भनी चामलको पिठो घोलेर भित्तामा बकुल्ला चराको आकृति बनाउने गरिन्छ ।
यस्तै उनीहरुलै आज कै दिन आफ्ना पुराना देवतालाई नदी मा शेलाउने र नयाँ देवतालाई पुजाघरमा राख्ने चलन रहेको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम














प्रतिक्रिया