

कपिलवस्तुका नेटुवा समुदायलाई छैन दशैँको उमंग





कपिलवस्तु । वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर ।
यी नेटुवा जाति दशकौँदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व वडादसैँको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दशैँको उल्लास छैन । मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन् । सो समुदायमा बडादसैँको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ । सो समुदायमा भने चाडपर्वको रौनकले छुन सकेको छैन । उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादसैँ आफूहरुका लागि कुनै रौनकको पर्व नभएको बताउछन् । सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहेका उनी भन्छन्, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु ।” दसैँ कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उनको छ । उनी भन्छन्, “हामीहरु राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ ।” सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो उनी भन्छन्, “राज्यले अझै सुनेको छैन ।”
यही माग लिएर तीन पटक सिंहदरबार धाएको उनले सुनाए । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उनी बताउछन् । पैतालीस वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरुलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा बित्ने सुनाए । न गाँस, न बाँस, न जग्गा जमिन उनले भने, “हामी सबैभन्दा पीडित छौँ, राज्यले हाम्रो माग कहिल्यै सुनेन ।” निरास मुद्रामा उनी भन्छन् “गरिब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा ।” थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टाभन्दा तल्लो जाति भएको उनी दाबी गर्छन् । “हामीभन्दा पथ्थरकट्टा उपल्लो जाति हो”, उनी भन्छन्, “हामीले छोएको पानी पनि खाँदैनन् पथ्थरकट्टा ।” पथ्थरकट्टालाई राज्यले अल्पसङ्ख्यकको सूचीमा राखेर सरकारी सेवा सुविधा दिएको छ तर हामीलाई दिएन उनी भन्छन्, “सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन् उहाँले प्रश्न गर्नुभयो”, “राज्यले भत्ता दिए दशैँ पर्व राम्रो मानिन्छ ।”
दसैँमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा यहाँका सो समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने योजनामा छन् । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । जिल्लामा झण्डै तीन सयको हारहारीमा नेटुवा जातिको बसोबास रहेको छ ।
#रातोपाटीबाट साभार ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया