

चिसोसँग कठोर संघर्ष गर्दै विपन्न : पुगेन राज्यको नजर





सुशील गैरे / कपिलवस्तु
शरीरमा एक जोर लुगा, खुट्टामा फाटेको चप्पल टाटीबेराले बनाइएको झ्याल–ढोका नभएको नाम मात्रको घर। घरभित्रै शीत झर्छ, र्चिसो सिरेटो सिधै घरभित्र छिर्छ।
तराई–मधेसमा तापमान दिनदिनै घट्दो छ । यसले सम्पूर्ण जनजीवन त प्रभावित गरेकै छ, सँगसँगै गरिबहरूका लागि ‘महामारी’ पनि बनेको छ । मंसिर, पुस र माघको चिसोबाट जोगिनु गरिब परिवार र सुकुमबासी बस्तीका बुढाबुढी र केटाकेटीका लागि युद्ध जितेसरह हुन्छ । अहिले हरेक गरिब परिवार जिउनका लागि चिसोसँग कठोर संघर्ष गर्दै छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ कोटिहवाका जगदिश केवट घरका सवै सदस्य दिनभरी आगो बालेर नै शितलहरबाट जोगिने गरेका छन् । परिवारका छ जना सदस्य सहित ६२ वर्षीय रिसिदेव विहान देखि बेलुका आगोकै सहारामा बाँच्ने गरेकी बताउँछिन् । स–साना नाति नातिनीहरू छन्, आगो नबाले चिसोले कठ्यांग्रिएर गाह्रो हुन्छ उनले भनिन्– ‘हाम्रो अवस्था बुझ्न कोही आउँदैनन् ।

गर्मियाममा जहाँ जसरि सुते पनि हुन्छ चिसोमा कसरि सुतौ निन्द्रा पर्दैन। जाडोयाम कथरी र पोछराको भरमा छ केवटले सुनाए । काम पनि छैन, खान त जेन तेन मिलाएको छु। उहाँ संगै छिमेकमा रहेका अन्य परिवारको पनि दिनचर्या केवट परिवारको जस्तै छ । वडा नम्बर ५ कोटिहवाका केवट परिवारले गुनासो गर्दै भने आफूहरूको पीडा बुझन कोही आउँदैनन् । न्यानो लुगा मात्र दिएपनि हुन्थ्यो । काम गरेर पेट पाल्न नै धौधौ भएका बेला लुगा किन्न समस्या भएको उनीहरुले बताए ।
जिल्ला प्रशासन कार्यालयले चिसोबाट विपन्न परिवारलाई जोगाउन करिब १ साता अगाडि योजना बनाउने निर्णय गरेको थियो । पालिकाहरूसँग बजेट हुने भएकाले पालिकालाई थप जिम्मेवार बनाउने योजना भए पनि कार्यान्वयन हुन सकेको छैन।
केही दिनदेखिको निरन्तरको हुस्सू र चिसो हावाका कारण तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । न्यानो कपडाको अभावमा विशेष गरी बालबच्चा र वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन् ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया