

आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार

आईसीसी एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र र सन्दीपले सुधार गरेका हुन् ।
घरेलु मैदानमा भर्खरै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा दीपेन्द्रले राम्रो प्रदर्शन गरेका थिए । एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्र १२ स्थान सुधार गर्दै ३१औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा सन्दीपले ७ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका छन् ।
यस्तै सन्दीप एकदिवसीय बलिङ वरीयतामा १५ स्थान सुधार गर्दै ४३औँ स्थानमा आइपुगेका छन् । एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका कुनै पनि खेलाडी शीर्ष १०० मा अटाउन सकेका छैनन् ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया