चेन्नई र राजस्थानकाे शानदार जित

कार्तिक १०, ई–साझाकुरा

इण्डियन प्रिमियर लिग (आइपीएल० क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति भएको खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक १०७, सन्जु सामसनले ५४, रोबिन उथप्पाले १३ र स्टिभ स्मिथले ११ रन जोडे । बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सनले २ विकेट लिए।

यसअघि अबुधाबीस्थित शेख जायेद रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो।

 

मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६०, सूर्यकुमार यादवले ४०, इसान किसानले ३७ र सौरभ तिवारीले ३४ रन बनाएका थिए। राजस्थानका लागि श्रेयस गोपाल र जोफ्रा आर्चरले २(२ तथा कार्तिक त्यागीले १ विकेट लिए।

हारका बाबजुद पनि मुम्बई अंक तालिकाको शीर्ष स्थानमै रहेको छ। राजस्थान भने १२ खेलमा ५ मा जीत निकाल्दै १० अंकका साथ छैठौं स्थानमा छ। मुम्बईको भने १४ अंक रहेको छ। यस्तै आइतबार नै भएको अर्को खेलमा चेन्नई सुपरकिङ्सले रोयल च्यालेन्जर्स बैग्लोरलाई हराएको थियो।

प्रतिक्रिया

खबर सबै