


ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई



पवनराज पाण्डे,
कपिलवस्तुस्थित पिस हिमालय रिसोर्टमा आज ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि.को १३औं वार्षिक उत्सव तथा प्रथम पटक आयोजना भएको “ब्राइट डान्स आइडल” एकल नृत्य प्रतियोगिता ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

दर्शकहरूको ठूलो भीडबीच आयोजित यो प्रतियोगिताले स्थानीय सांस्कृतिक क्षेत्रमा नयाँ हलचल ल्याएको छ। बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा दर्जनौं प्रतिस्पर्धीहरूले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै दर्शकको ध्यान आकर्षित गरे। कडा प्रतिस्पर्धाबीच निर्णायक मण्डलमा रहेका सुमन पौडेल, विजय सारु र बबिता धितालले प्रस्तुति, सर्जनशीलता र मनोबलका आधारमा अन्तिम नतिजा सार्वजनिक गरेका थिए, जब विजय घर्तीको नाम प्रथम स्थानमा घोषणा हुँदा कार्यक्रम स्थल करतलध्वनिले गुञ्जायमान भएको थियो। दोस्रो स्थानमा विकास मगर, तेस्रो स्थानमा सन्ध्या रणपाल रहे भने चौथो स्थान ममता परियार र बिबुशी घिमिरेले संयुक्त रूपमा हासिल गरे। सबै विजेताहरूलाई ट्रफी, प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको सम्पूर्ण सञ्चालन लोकप्रिय सञ्चालक पूर्णचन्द्र परियारले गरेका थिए, जसको हाजिरजवाफी प्रस्तुतिले समारोहलाई थप रोचक बनाएको थियो। यसैगरी विशेष आमन्त्रित कलाकारका रूपमा उज्जल गिरी, आश्मा बन्जाडे र बिनोद रन्जनले मनमोहक प्रस्तुति दिँदै दर्शकको उत्साहलाई थप बढाएका थिए।कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षणका रूपमा ब्राइट लुम्बिनीबाट जापानिज तथा कोरियन भाषा अध्ययन गरी सम्बन्धित भाषा परीक्षामा सफलता हासिल गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम पनि सञ्चालन गरिएको थियो। साथै रंगारंग सांस्कृतिक कार्यक्रमले उत्सवलाई थप भव्य बनायो।
आयोजकपक्षले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै यो प्रतियोगिता अबदेखि वार्षिक रूपमा निरन्तर आयोजना गर्ने योजना रहेको समेत बताएका छन्।य


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया