

चेन्नई र राजस्थानकाे शानदार जित


कार्तिक १०, ई–साझाकुरा
इण्डियन प्रिमियर लिग (आइपीएल० क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति भएको खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक १०७, सन्जु सामसनले ५४, रोबिन उथप्पाले १३ र स्टिभ स्मिथले ११ रन जोडे । बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सनले २ विकेट लिए।
यसअघि अबुधाबीस्थित शेख जायेद रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो।

मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६०, सूर्यकुमार यादवले ४०, इसान किसानले ३७ र सौरभ तिवारीले ३४ रन बनाएका थिए। राजस्थानका लागि श्रेयस गोपाल र जोफ्रा आर्चरले २(२ तथा कार्तिक त्यागीले १ विकेट लिए।
हारका बाबजुद पनि मुम्बई अंक तालिकाको शीर्ष स्थानमै रहेको छ। राजस्थान भने १२ खेलमा ५ मा जीत निकाल्दै १० अंकका साथ छैठौं स्थानमा छ। मुम्बईको भने १४ अंक रहेको छ। यस्तै आइतबार नै भएको अर्को खेलमा चेन्नई सुपरकिङ्सले रोयल च्यालेन्जर्स बैग्लोरलाई हराएको थियो।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया