

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग हारेपछि सुदूरपश्चिम बाहिरियो


प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ ।
मुलपानीमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका सौरभ खनालले सर्वाधिक १८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा ६२ रन बनाएर आउट भयो ।
उसका नारायण जोशले १७ र सन्तोष भट्टले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका कृष्ण कार्कीले ४ तथा अनिल कार्की र विक्रम भुसालले २/२ विकेट लिए । आजको हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।
लुम्बिनीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया