

विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज



यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। विभागले तयार पारेको सूचना अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरिएको हो ।
यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर एक सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
यसअघि विभागले इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा पाँच प्रतिशतसम्म भाडा बढाएको थियो भने त्यसबेला पूर्ण रूपमा भाडा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी दुई प्रतिशतले भाडा घटाउने निर्णय लिइएको हो ।
यस नयाँ निर्णय अनुसार अब यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी साधन सबैमा दुई प्रतिशत भाडा घट्नेछ। उक्त घटेको भाडादर यही असार १८ गतेदेखि नै लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रूटहरूमा सञ्चालन हुने सार्वजनिक यातायातमा कार्यान्वयनमा आउने विभागले जनाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया