

कोठाभित्र अचेत भेटिएका दुई किशोरीको ज्यान गयो




दाङ – दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा ज्यान गएको छ । सल्यानको बागचौर नगरपालिका–११ बाँफुखोला घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार गएराति अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल पुर्याएकाे थियाे । त्यहाँ उपचार हुन नसकेपछि दुवै जनालाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
घोराहीमा दिपु परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दिपाको घोराहीमा पनि उपचार हुन नसकेपछि बिहान बाँकेको नेपालगञ्ज पुर्याइएको थियो । दिपाको पनि उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिनुभयो ।
दिपा र दिपु नाताले दिदी बहिनी हुन् । दिपा दिपुको मामाको छोरी हुन । मृतक दुवै जना कक्षा ११ मा अध्ययनरत थिए । दिपु हिजो दिउँसो मात्रै घोराहीबाट दिपाको कोठामा आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया