
लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दुई वटा विधेयक पेस भएका छन् ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले बैठकलाई जानकारी गराउनुभयो ।
यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेस गर्नुभयो ।
यसअघि आजको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले गत भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन र दोषीउपर कारबाही हुनुपर्ने माग गरेका छन् । प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले भदौ २३ र २४ गतेका आन्दोलनलाई सही रूपमा नबुझिए मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताउनुभयो । सदस्य विष्णुप्रसाद पन्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्नुभयो ।
यस्तै, प्रदेशसभा सदस्य भण्डारीलाल अहिर, हेमा बेल्वासे, अनुराग खड्का, मीनाकुमारी श्रेष्ठ, चन्द्रकेश गुप्ता, दीपेन्द्र पुन र बसिउद्दिन खाँले विविध विषयमा सरकार तथा सभाको ध्यानाकर्षण गराउनुभएको थियो ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया