
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा

विश्व शान्तिको सन्देशका लागि काठमाडौंबाट लुम्बिनीसम्म साइकल यात्रा हुने भएको छ। महासिद्ध पिस स्याङ्चुरीको आयोजनामा यही वैशाख १५ गतेदेखि ४ दिन साइकल यात्रा हुने भएको हो।
स्याङ्चुरीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यात्रामा १०८ जना यात्री सहभागी हुने जानकारी दिइयो ।
काठमाडौंको स्वयम्भूबाट शुरू हुने साइकल यात्रा हेटौंडा, नारायणगढ, कावासोती, बर्दघाट, भूमही, भैरहवा हुँदै वैशाख १८ गते बुद्ध जयन्तीको दिन लुम्बिनी पुग्ने यात्राका प्राविधिक संयोजक देवेन्द्र बस्नेतले जानकारी दिए।
वैशाख १९ गते बिहान ७ बजे ध्यान कार्यक्रम हुने छ । ८ बजे युनिभर्सल पिस स्याङ्चुरीका परिकल्पनाकार तथा संस्थापक श्याल्पा तेन्जिन रिन्पोछेद्वारा लिखित पूर्ण मुक्तिको मार्ग पुस्तकको विमोचन हुनेछ ।
पत्रकार सम्मेलनमा रिन्पोछेले अहिले मध्यपूर्वमा भइरहेको युद्धका कारण विश्वभर चिन्ता छाएको भन्दै लुम्बिनीबाट शान्तिको सन्देश दिन साइकल यात्रा आयोजना गरिएको बताए।
अहिले बुद्धको दर्शन र सन्देशको अनुसरण आवश्यक रहेको उनले उल्लेख गरे । शान्तिका लागि ४ दिने साइकल यात्रा गर्दा शान्तिको प्रवाह हुने रिन्पोछेको विश्वास छ।
रिन्पोछेले झण्डै ४० वर्षदेखि विश्वभर शान्तिको सन्देश र बौद्ध शिक्षा फैलाउन योगदान गर्दै आएका छन्।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया