

सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ



दाङको तुलसीपुरबाट सरकारी सही छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।पक्राउ पर्ने तीनै जना सल्यानका हुन्।
सल्यानको बागचौर नगरपालिका–२ बागचौरका २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षकै राजन विष्ट छन्।
सरकारी सही छाप र दस्तखत दुरूपयोग गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्ने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले उनीहरूको साथबाट यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर सुर्खेतको डिजिटल छाप १ थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब १ थान, साथबाट बा.प.०२–०४६ प ३३३२ नम्बरको सवारी दर्ता किताब १ थान र उनीहरूले प्रयोग गर्दै आइरहेको बा.प्र.०२–०४५ प १७३० नम्बरको मोटरसाइकल १ थान बरामद भएको जानकारी दिए।
दाङको तुलसीपुर उपमहानगरपालिका – ५ माछापुच्छ्रे टोलको थारमारे भण्डारीमा केही व्यक्तिहरूले सरकारी छाप र दस्तखतको किर्ते गरी चोरीको मोटरसाइकल बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वैशाख १ गते दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए।
पक्राउ परेका व्यक्तिहरूलाई बुधबार जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको डिएसपी बोहराले जानकारी दिएका छन्।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया