

लुम्बिनीमा अलपत्र थन्किएका विद्युतीय बस बुधबारदेखि सञ्चालनमा, रातारात चार्जिङ स्टेसन पनि भयो मर्मत



बुटवल । लुम्बिनीमा लामो समयदेखि अलपत्र परेको विद्युतीय बस बुधबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि बस सञ्चालनमा ल्याइएको हो।
लुम्बिनी विकास कोषका प्रशासनिक अधिकृत चुडामणि भट्टराईले हाल दुईवटा रुटमा बस सञ्चालन गरिएको बताए। उनका अनुसार एउटा बस बिहान बेलहियासम्म गएर फर्किएको छ भने अर्को बस तिलौराकोट र कुदानतर्फ सञ्चालन भइरहेको छ।
हालका लागि लुम्बिनी–विमानस्थल–बेलहिया र लुम्बिनी–तिलौराकोट–कुदान गरी दुईवटा रुट तय गरिएको कोषले जनाएको छ।
यसअघि लुम्बिनीमा रहेको चार्जिङ स्टेसन बिग्रिएका कारण विद्युतीय बस सञ्चालन हुन सकेका थिएनन्। सरकारी निर्देशनपछि मंगलबार राति चार्जिङ स्टेसन मर्मत गरेर बस सञ्चालनमा ल्याइएको हो।
बस सञ्चालन सुरु भए पनि तत्कालका लागि यात्रुबाट भाडा नलिइने बताइएको छ। यद्यपि, यात्रुले स्वेच्छाले दान बाकसमा रकम भने राख्न सक्नेछन्।
अधिकृत भट्टराईले सबै बस पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको बताउँदै आगामी दिनमा रामग्राम, देवदहलगायतका क्षेत्रमा पनि विद्युतीय बस सेवा विस्तार गरिने खुलाए।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया