खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ प्रारम्भका अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार (वैशाख १) बिहान सामाजिक सञ्जालमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् ।

०८३ लाई उनले ‘खील निकाल्ने वर्ष’ भनेका छन् । सहने शक्ति मिलोस् भनी उनले कामना गरेका छन् ।

“खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् । धेरै शुभकामना,” उनले एक्स (पहिले ट्विटर भनिने)मा लेखेका छन् ।

गएको फागुन २१ गतेको निर्वाचनबाट दुईतिहाइनजिक बहुमत प्राप्त गरेको रास्वपाले हाल सरकार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

खबर सबै