

सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल




साझाकुरा, कपिलवस्तु । प्रतिनिधिसभा सदस्य मोहनलाल आचार्यले स्थानीय विकासका सम्भावित योजनासम्बन्धी राय, सुझाव र जनभावना अनुसार सुझाव तथा योजना संकलनका लागि कपिलवस्तु क्षेत्र नम्बर १ का विभिन्न टोलटोल पुगेका छन् । रास्वपाका सांसद आचार्यले निर्वाचित भएपछि लगातार रुपमा आफ्नो क्षेत्रका नागरिक, जनप्रतिनिधि र सरोकारवालासँग प्रत्यक्ष भेटघाटका कार्यक्रमलाई जोड दिएका हुन ।
बुधबार उनले बाणगंगा नगरपालिका–९ भलवाडका जनता तथा जनप्रतिनिधिहरुसँग भेट गरे । उनले कपिल आरोग्य मन्दिर, भलवाड, बर्दहवा, जिनुवा, भर्तापुर, भर्लाबास, पडरिया लगायतका बस्तीमा स्थानीयहरूसँग संवाद र छलफल गर्दै विकासका प्राथमिकता तय गर्न जनता र जनप्रतिनिधिहरुसँग योजना र सुझव लिएका हुन ।
सो क्रममा आचार्यले संविधान संशोधनदेखि सुशासनसम्मका विषयमा सरकार केन्द्रित रहेको बताए । मलाई पदीय लोभ छैन, मेरो अवधिमा सकेसम्म जनताको हितमा काम गर्छु,” उनले भने । सबैको भावना र अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता नै अहिलेको सरकारको रहेको भन्दै उनले देशमा सीमित स्रोत–साधनका बीच पनि विकासका कामलाई अघि बढाउने तयारी सरकारको रहेको बताए ।
वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले वडाको दीर्घकालीन योजना र तत्काल आवश्यक परियोजनाबारे जानकारी दिँदै संघीय बजेटमा त्यसको सुनिश्चितता गराउन सांसद आचार्यसँग आग्रह गरे। स्थानीय नागरिकले पनि सडक, तटबन्ध र आधारभूत पूर्वाधार सुधारका माग राखे। विशेषगरी अर्घाखाँची चोक–भर्लाबास–मुसिवाङ सडक कालोपत्रे गर्नुपर्ने, कोइली र सिकारी खोलामा तटबन्ध निर्माण गरी बाढी जोखिम न्यूनीकरण गर्नुपर्ने, र भलवाड–अर्घाखाँची जोड्ने सडकलाई पूर्णता दिनुपर्ने माग बढी स्थानमा जोडका साथ उठाइए ।
भर्तापुरमा सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालले सिँचाइ पोखरीको सुन्दरीकरण परियोजनामा बजेट अभाव रहेको बताउँदै तीनबुँदे ज्ञापनपत्र आचार्यलाई हस्तान्तरण गरे। त्यसै गरी रास्वपा नेता तथा समाजसेवी नारायण खनालले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए।
जनतामाझ कुरा गर्दै सांसद आचार्यले आउँदो स्थानीय निर्वाचनमा समेत जिम्मेवार र परिणाममुखी जनप्रतिनिधि चयन गर्न आग्रह गरे। उनका अनुसार “केंद्रले नीति बनाउँछ, तर वास्तविक विकास स्थानीय सरकारले गर्छ,” भन्दै उनले मतदातालाई सचेत सहभागिताको सन्देश दिए।
आचार्यले रास्वपाले जनतालाई दिएको घोषणापत्रका अनुसारै काम गर्दै अगाडि बढ्ने दाबी गरे। उनले जनताको विश्वास र सहभागितामाथि आधारित राजनीति नै सुशासन र विकासको मूल आधार हुने पनि बताए।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया