

टी-२० विश्वकप २०२६ : ५ खेलाडी पहिलोपटक विश्वकप खेल्दै, लगातार ९ खेलाडी दोस्रोपटक टोलीमा

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको छ। प्रारम्भिक टोलीमा २४ खेलाडीमध्ये ९ खेलाडी बाहिरिएका छन्। नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन्।
यस्तै बसिर अहमद र सन्दीप जोराले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
कुशल मल्लसहित आदिल अन्सारी, साहब अलाम, विनोद भण्डारी, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, प्रतिश जिसी र रूपेश सिंह भने बाहिरिएका छन्।
नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
प्रारम्भिक टोलीबाट को को बाहिरिए?
कुशल मल्ल, साहब आलम, भीम सार्की, आदील अन्सारी, ईशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी, रुपेस कुमार सिंह
आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्न लागेका हुन्। शेर मल्लले त विश्वकपबाट नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यू गर्ने सम्भावना छ।
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी,करण केसी,सन्दीप जोरा र सन्दीप लामिछाने गरी ९ खेलाडीले भने लगातार दोस्रोपटक विश्वकप खेल्ने टोलीमा स्थान बनाएका हुन्।
यी ९ खेलाडी सन् २०२४ को नेपालको विश्वकप टोलीमा पनि थिए।
सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले त लगातार तेस्रोपटक विश्वकप टोलीमा परेर इतिहास रचेका छन्।
अघिल्लो संस्करणको विश्वकप टोलीमा रहेका अनिलकुमार साह, कुशल मल्ल, प्रतिश जिसी, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी यस संस्करणको टोलीमा परेनन्। अनिल, सागर र कमल प्रारम्भिक टोलीमा नै परेनन् भने अरु खेलाडी प्रारम्भिक टोलीबाट बाहिरिएका हुन्।
नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।

नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई
भारत र श्रीलंमा विश्वकपमा सहआयोजक भारतले पहिलो खेलमा फेब्रुअरी ७ मा मुम्बईको ऐतिहासिक वानखेडे रंगशालामा अमेरिकाविरुद्ध खेल्नेछ।पहिलो दिन नै पूर्वविजेता पाकिस्तान र वेस्ट इन्डिज पनि मैदान उत्रनेछन्।
पाकिस्तान कोलम्बोको नेदरल्यान्ड्ससँग तथा वेस्ट इन्डिजले कोलकातामा बंगलादेशसँग खेल्नेछन्।
विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदावादको नरेन्द्र मोदी स्टेडियममा मार्च ८ मा फाइनल खेल हुने गरी तोकिएको छ। यो प्रतियोगिता भारत र श्रीलंकाका कुल ८ वटा उत्कृष्ट रंगशालामा आयोजना हुनेछ।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया