

कपिलवस्तुमा आगलागी: १० लाखको क्षति



कपिलवस्तु स्थित शिवराज नगरपालिकाको बसन्तपुरस्थित त्रिलिकी अहिरको घरमा रहेको झगरूप भारती गोसाईद्वारा सञ्चालित पूजा फेन्सी पसलमा शनिबार राति भीषण आगलागी भएको छ। विद्युत सर्टका कारण सुरु भएको आगलागीले पसलमा रहेका कपडा, जुत्ता, चप्पललगायतका सामान पूर्ण रूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। यस भीषण आगलागीको कारण र अन्य क्षतिहरूबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
स्थानीयहरूले आगलागीको घटना देख्दा त्रासदीपूर्ण माहोल सिर्जना भएको र समयमै दमकल पुगेकाले आगो थप फैलिनबाट जोगिएको बताएका छन्।


प्रतिक्रिया