

३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ





३७ पटक मुद्दा परिसकेका व्यक्तिलाई प्रहरीले फेरि चोरी आरोपमा पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
तनहुँ घर भई काठमाडौंको टेकु बस्दै आएका ३९ वर्षीय सन्तोष रानाभाट पक्राउ परेका हुन्।
उनीमाथि पछिल्लो समय वैशाख ११ गते काठमाडौं-३१ सचेतना मार्गस्थित घरमा, वैशाख ८ गते कालोपुलस्थित घरमा, वैशाख १४ गते टोखा जागरण टोलमा चोरी गरेको आरोप छ।
घरमा कोही नभएको मौका छोपी ताला फोडेर सुन तथा चाँदीका गरगहना चोरी गरेको आरोप उनीमाथि छ।
यसरी चोरी गरेको आरोपमा प्रहरीले उनलाई टेकुबाट सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्दा उनीबाट १९१ ग्राम सुनको गहना, ६८७ ग्रामको तिलहरी र पोते, ३१७ ग्राम चाँदीको गहना, विदेशी मुद्रा, १९ वट धातुका सिक्का, ५ वटा घडी, २ वटा मोबाइल, दुईवटा खुकुरी र एउटा रड फेला परेको छ।
सन्तोषविरूद्ध २०६१ सालदेखि अहिलेसम्म अभद्र व्यवहारका २२ वटा, चोरी कसुरका १३ वटा, हातहतियार खरखजनाका एउटा र लागु औषध कसुरका एउटा मुद्दामा दर्ता भएर पक्राउ परेका छन्।
उनीविरूद्ध कुन मुद्दा कहाँ?
१) २०६१।०२।२१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
२) २०६१।०९।०७ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
३) २०६२।०५।०६ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
४) २०६२।०६।१३ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
५) २०६३।०२।०९ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
६) २०६३।०३।२९ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
७) २०६३।०४।१० गते काठमाडौं प्रहरी परिसरमा हातहतियार खरखजना मुद्दा दर्ता।
८) २०६३।१०।०३ गते काठमाडौंं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
९) २०६३।११।१५ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१०) २०६४।०१।२१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
११) २०६५।०६।०१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१२) २०६५।०९।०३ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
१३) २०६६।०५।०२ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
१४) २०६६।१२।०१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१५) २०६७।०५।२० गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१६) २०६७।०७।२९ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१७) २०६७।०९।२८ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१८) २०६८।०१।०२ गते प्रहरी वृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
१९) २०६८।०२।२४ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
२०) २०६८।०७।१६ गते प्रहरी वृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
२१) २०६८।०८।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता।
२२) २०६९।०१।२७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा लागुऔषध मुद्दा दर्ता।
२३) २०६९।०६।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता
२४) २०६९।०९।०८ गते प्रहरी वृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
२५) २०७०।०३।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता।
२६) २०७०।०४।०३ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता।
२७) २०७१।०१।०२ गते प्रहरी वृत्त गौशालामा चोरी मुद्दा दर्ता।
२८) २०७१।०४।२२ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
२९) २०७१।१२।१२ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
३०) २०७२।०३।०७ गते प्रहरी वृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
३१) २०७२।०४।२६ गते प्रहरी वृत्त जनसेवामा अभद्र मुद्दा दर्ता।
३२) २०७२।०६।११ गते प्रहरी वृत्त लैनचैरमा चोरी मुद्दा दर्ता।
३३) २०७३।०९।०६ गते प्रहरी वृत्त स्वयम्भुमा चोरी मुद्दा दर्ता।
३४) २०७९।०१।११ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता।
३५ २०७९।०९।२१ गते प्रहरी वृत्त लैनचैरमा चोरी मुद्दा दर्ता।
३६) २०८०।०१।२४ गते प्रहरी वृत्त स्वयम्भुमा अभद्र मुद्दा दर्ता।
३७) २०८०।०५।३१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता।


खबर सबै
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल
-
मुटुका बिरामीलाई ग्यालेक्सी यूथ क्लबको ७२ हजारभन्दा बढी सहयोग
-
कपिलवस्तुमा ओभरलोड भारतीय ट्रकमाथि ट्राफिकको कडा एक्सन, एकैदिन २५ ट्रक कारबाहीमा











प्रतिक्रिया