

रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ



दुई दिन गरेको विशेष स्वीप अप्रेसनबाट रुपन्देही प्रहरीले १८६ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार र आइतबार जिल्लाका विभिन्न स्थानमा गरिएको स्वीप अप्रेसनबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाका अनुसार शनिवार १०३ र आइतबार ८३ जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
उनीहरूले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको पाइएपछि नियन्त्रणमा लिइएको डिएसपी सापकोटाले बताए।
शनिवार र आइतबार साँझ दुई घण्टा सञ्चालन गरिएको स्वीप अप्रेसनबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्वीप अप्रेसन अन्तर्गत विभिन्न स्थानमा चेकजाँच गरिएको थियो।
प्रहरीले पक्राउ परेकाहरूले विभिन्न स्थानहरूमा शान्ति सुरक्षामा खलल पुर्याएको दाबी गरेको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको आपराधिक गतिविधि सम्बन्धमा थप अनुसन्धान गरिरहेको र अनुसन्धानपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने डिएसपी सापकोटाले बताए।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया