

स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते


पाल्पाको तिनाउ-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको स्कुटर दुर्घटना हुँदा २ युवतीले ज्यान गुमाएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक रुद्र गिरीका अनुसार ३ जना सवार स्कुटर आफै अनियन्त्रित भई सडकदेखि करिब २५/३० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरको राम पथ बस्ने १८ वर्षीया पूर्णिमा उचई मगर र कपिलवस्तु वाणगंगा नगरपालिका-९ भलवाडकी १९ वर्षीया निशा कुँवर रहेको प्रहरीले जनाएको छ ।
स्कुटर चालक वाणगंगा-९ कै २० वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् । उनीहरू लु ३५ प ५७६६ नम्बरको एउटै स्कुटरमा सवार थिए ।
मङ्गलवार साँझ करिब पौने सात बजे भएको दुर्घटनापछि उनीहरूलाई उद्धार गरी बेलबासकै एडमनसिटी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
दुर्घटनामा परेका २ युवतीलाई प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया