बाँकेमा लागुऔषध सहित दुई जना पक्राउ


बाँके | बाँकेमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

बुधबार जिल्लाको कोहलपुर नगरपालिका– ११ चौराहबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–२ मुक्ती नगर बस्ने २४ वर्षीय नवराज कनउ मगर र २२ वर्षीय निरज रायमाझी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया