

अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति

केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । रोयटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ ।
वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवतजावत गर्न दिने समझदारी बनेको छ । यद्यपि वाशिङ्टन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनुभएको छ । पछिल्ला केही दिनयता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढेको थियो ।
अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य इलाकालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको थियो । दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका–इरानबीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया