

कस्तो रहनेछ बुधबारको मौसम ?


काठमाडौँ : हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेस प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बहिर्गमन भइसकेको छ । नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट असोज २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया