

कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे



रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा सुरू भएको छ ।
पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल,सहमहामन्त्री योगेन्द्र चौधरी डिला संग्रौलासहितका नेताहरू दाङ पुगेका छन् ।
कार्यक्रममा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति सबै, १२ जिल्लाका सभापति, पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलगायत छन् ।
भालुवाङको होटल पौवामा आयोजित कार्यक्रममा निर्वाचन समीक्षासँगै ‘अबको कांग्रेस’ विषयक अन्तरसंवाद गरिने प्रदेश सभापति अमरसिंह पुनले बताए ।
नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पार्टीभित्रकै उम्मेदारलाई अन्तरघात गरेको भन्दै कपिलवस्तु, पाल्पा, नवलपरासीलगायतका जिल्लामा दर्जनौं नेताहरूलाई कारबाही गरेको छ ।
उम्मेदवारहरूले कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पराजय भोग्नुका कारण आन्तरिक तथा बाह्य दुवै रहेको औंल्याएका छन् । चुनावमा अन्तरघात गर्नेहरूमाथि कारबाही गर्न कडा मागसमेत गरेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया