नेपाल अंग्रेजी शिक्षक सङ्गठन (नेल्टा) लुम्बिनीको उपाध्यक्षमा कपिलवस्तुका भट्टराई ।।

नेपाल अंग्रेजी शिक्षक सङ्गठन (नेल्टा) लुम्बिनी प्रदेशको उपाध्यक्षमा कपिलवस्तु बाणगंगा न.पा. का अंग्रेजी शिक्षक कृष्ण प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । लुम्बिनी प्रदेशको बार्षिक अधिवेसनबाट पाल्पाका गोपाल प्रसाद बस्यालको अध्यक्षतामा गठित पदाधिकारीको समूहबाट नेल्टा प्रदेशको उपाध्यक्षमा सर्वसम्मत भट्टराई निर्वाचित हुनुभएको हो ।
भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपाल अंग्रेजी शिक्षक सङ्गठन (नेल्टा) को केन्द्रिय अध्यक्ष मोतीकला सुब्बा देवानले अंग्रेजी भाषाको प्रयोग यसको महत्व र भविष्यको बारेमा बताउनु भएको थियो । भने विभिन्न बक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश अन्तरगतका सम्पूर्ण अंग्रेजी शिक्षक र नेल्टा जिल्ला अध्यक्षहरु एवं पदाधिकारी, अंग्रेजी शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रमुख निर्वाचन मण्डलमा कपिलवस्तुका ईश्वर राज न्यौपाने अधिकृत रहेको उक्त निर्वाचन मण्डलले १९ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा गठन गरिएको हो भने नेल्टाको नियम अनुसार नेल्टा लुम्बिनी अन्तरगत सम्पूर्ण जिल्लाका नेल्टा अध्यक्षहरु स्वतह रुपमा कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ ।
नेल्टा लुम्बिनीका पूर्व अध्यक्ष तथा होराईजन मा. वि. बुटवलका प्रधानाध्यापक लोकनाथ उपाध्ययको अध्यक्षता, गोपाल बस्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन नेल्टा लुम्बिनीका पूर्व महासचिव कृष्ण भट्टराईले संचालन गर्नुभएको

प्रतिक्रिया

खबर सबै