

बालेनको सिको घोराहीमा पनि, वडामा ग्रेटर नेपालको नक्सा





दाङ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै दाङको घोराही उप–महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुराम आचार्यले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो। ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो। केही समय अघि काठमाडौँका मेयर बालेन शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए। उनको सिको गर्दै अन्य जनप्रतिनिधिहरुले पनि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन्।
भारतले नवनिर्मित संसद् भवनमा नेपालका भूभागसमेत समेटिएको अखण्ड भारतको ‘भित्तेचित्र’ राखेपछि नेपालमा त्यसको चर्को विरोध हुँदै आइरहेको छ। भारतले उक्त भित्तेचित्रमा नेपालका भूभाग समेटेपछि संसद्, सडक र सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ।
बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेसँगै देशभरका जनप्रतिनिधिहरुले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न थालेका छन्।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया