

सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय





बाणगंगा नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै समग्र प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । तर पछिल्लो समय विश्वव्यापी मूल्यवृद्धिका कारण केही योजनाहरूमा ठेक्का प्रक्रिया प्रभावित भएको समेत बैठकले औंल्याएको छ ।
नगरप्रमुख चक्रपाणी अर्यालले सार्वजनिक सम्पत्तिको संरक्षण नगरको प्राथमिकता भएको उल्लेख गर्दै अतिक्रमण हटाउने अभियानलाई कडाइका साथ अघि बढाइने बताउनुभयो । उहाँले उक्त अभियानमा साथ दिन सबैलाई सार्वजनिक अपिल समेत गर्नुभएको छ ।
‘सार्वजनिक जग्गा संरक्षण गर्नु हाम्रो दायित्व हो, सूचना जारीपछि पनि अटेरी गरे कानुनी प्रक्रिया अगाडि बढाइन्छ,’ उहाँले भन्नुभयो ।
साथै, उहाँले आर्थिक वर्ष २०८३/८४ का लागि समयमै प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने गरी तयारी तीव्र पारिने बताउनुभयो ।
उपप्रमुख रीता कुमारी चौधरीले नगरको दीगो विकासका लागि नीति निर्माणमा सबै सरोकारवालाको सहभागिता आवश्यक रहेको बताउनुभयो । ‘आगामी नीति तथा कार्यक्रम जनमैत्री र व्यवहारिक बनाउने लक्ष्यका साथ काम भइरहेको छ,’ उहाँले भन्नुभयो ।
साथै, बैठकले स्थानीय पाठ्यक्रम स्वीकृत गर्ने निर्णय गर्दै स्थानीय तहको शैक्षिक सुधारका लागि स्वीकृत गरिएको स्थानीय पाठ्यक्रम कार्यान्वयनले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।
नगर प्रवक्ता पौडेलका अनुसार बैठकले नगरको वर्तमान स्थिति पत्र तथा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति निर्माणका लागि नगरप्रमुख अर्यालको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले जेष्ठको पहिलो सातासम्म नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्ने लक्ष्य लिएको छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया