

निजि स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन





बुटवल । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आमनागरिक र समाजप्रति प्रहरी बढी जिम्मेवार भएको बताएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले निजि स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्न मातहात निकायलाई निर्देशन दिएका छन् ।
निस्वार्थ गरिएको सेवाले मात्र नागरिकलाई शान्ति सुरक्षाको अनुभुति हुने बताउँदै महानिरीक्षक कुँवरले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने अडान लिए ।
यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आन्तरिक सुरक्षा बलियो बनाउने खम्बा नेपाल प्रहरी भएको बताएका छन् । आमजनता संग प्रत्यक्ष सरोकार गर्ने निकाय नै प्रहरी भएका कारण शान्ति,सुरक्षा दिने सन्र्दभमा नागरिकमैत्री हुन जरुरी रहेको बताउँदै रुपन्देहीको शान्ति सुरक्षा सन्तोषजनक रहेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विनावर्दीका नागरिक पनि प्रहरी भएका कारण समाजमा हुने विकृति,विसंगतिको विरुद्धमा नेपाल प्रहरी संग हातेमालो गर्नुपर्ने औँल्याए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया