दुर्घटनामा परी ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते हुनेमा बालबालिका पनि रहेको उहाँले बताउनुभयो ।
घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेलाई प्रहरी, सेना, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको छ ।
आइतबार बिहान बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ् हिँडेको लु १ ख ५९५६ नम्बरको बस बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् । बस सडकदेखि ८० मिटर तल खसेको थियो । गाेरखापत्रबाट



















प्रतिक्रिया