नारी दिवस र नारी मुक्तिको प्रश्न

नारायण खनाल :


प्राचिन विश्व र स्वयम नेपालको इतिहासमा सबैभन्दा बढी जनसंंख्या नारीहरुको रहेको पाइन्छ । आदिम साम्यवादी युग र समाजमा नारीहरु नै राजपाठमा रहँदै आएका थिए । हाम्रा पुर्वजहरुले त्यो बेला प्रकृतिलाई आस्थाको केन्द्र मान्दथे भने नारी जातिलाई आफ्नो उत्पतीको स्रोत मानेका थिए । त्यो बेला नेपालमा समेत मात्रीका र महा मात्रीकाहरुको राजपाठ रहेको देखिन्छ । त्यो बेला दुनिया भरि नै स्त्री राज्यहरु कायम थिए । दुर्गा, सरस्वती, भगवती, भद्रकाली, कपालिनी, लक्ष्मी जस्ता नारीहरु राजपाठमा नै रहेका स्त्री जातीहरुका नामहरु हुन । आज तिनीहरुको नाममा नेपालका धार्मिक आस्थाका केन्द्रहरुमा धेरै उच्च सम्मानका साथ लिन गरीन्छ । त्यो बेला मानिसहरु गुफाहरुमा बस्ने कन्दमुल खाने, माथि पहिला नै भनियो, प्रकृति प्रति आस्था प्रकट गर्थे । आज पनि त्यसका विशेषता, चरित्र तथा गुणहरु पुर्वी नेपालको किरात प्रदेशमा पाइन्छन । त्यस प्रकारको शासन व्यवस्थाको प्रभाव नेपालका आदिवासी जनजाती, मगर, गुरुङ, थारु, राइ, लिम्बु, तामाङ, थकाली समुदायमा गहिरो गरी परेकाले नै ति समुदाय भित्रका महिलाहरु अन्य समुदायका महिलाहरुको तुलनामा सापेक्षित रुपमा परिवार भित्र, राजनैतिक र आर्थिक अधिकारको दृष्टिकोणले धेरै स्वतन्त्र रहेको पाइन्छ । त्यो युग र समाजमा नारी जाति सत्ता वा राजपाठमा रहनुका पछाडीको मुख्य कारण यो थियो कि मानव जातीले सर्वप्रथम यो कुरा पत्ता लगायोः मानव जातिको जन्म हुदो रहेछ र यो संसारमा स्त्री बाहेक अरु ठूलो कुरा् केही पनि रहेनछ । त्यसैले यिनिहरुलाई सम्मान गनुर््पर्दछ भन्ने भाव पैदा भयो र नारी जातिको आवश्यकता भन्दा बढी सम्मान गर्न थालियो । त्यसको परिमाण स्वरुप उनीहरु पिढिदर पिढि शासनमा रहेकै कारण धेरै शक्तिसाली बन्दै गएको पाइन्छ । त्यो बेलाको विवाह संस्कार, जन्म संस्कार र मृत्यु संस्कारका अलावा शासन प्रशासन र कविलाई समाजमा हुने आपसी संघषंं, प्राकृतिक प्रकोप, भवितब्य वा जैविक प्रकोप वा अन्य समस्याहरुसँग जुध्नका निति नियम र निर्देशनको व्यवस्था पनि महामात्रीका र मात्रीका राज्यले नै निर्धारित गर्ने गरेको पाइन्छ । अरुले त्यस कुरालाई अक्षरस पालन गर्दथे । त्यो बेलाको राज्य व्यवस्थामा महिला र पुरुषको बिचमा हुने विवाह संस्कार अनुसार मात्रीका र महा मात्रीकाहरुले त्यो समाजमा रहेको सबैभन्दा हृष्टपुष्ट र बलवानका अलावा राम्रो मष्तिस्क भएको युवकको छनौट गरी यौन सम्बन्ध कायम गर्ने र उसबाट जन्मेको नवजात शिशुको छैठौँ महिनामा एउटा भव्य सार्वजनिक समारोहको आयोजना गरी नवजात शिशुको नामाकरण गर्नुका साथै सो शिशु कसको वृर्यबाट जन्मेको हो सोही पुरुषको घाटी रेटी उसको रगत सम्बन्धित आमाको शिर देखि यौनि सम्म पुग्ने गरी बलि दिने प्रथा कायम गरिएको थियो । यस प्रकारको प्रचलन त्यो स्त्री राज्यका सबै महिले समान रुपले लागु गर्दथे । त्यो बेलाका मात्रिका र महामात्रीका र त्यस प्रकारका गणभित्र प्रााय प्रत्येक नारीले नवजात शिशु जन्मेको छ महिना भन्दा पहिलो उनीहरुले कुन पुरुषसँग संभोग गरेका हुन त्यो कुरा धेरै गोप्य राखिन्थ्यो ।
त्यो बेलाका नारिहरुले विवाहका लागि पुरुषको छनोट गर्ने, उ सँग संभोग गर्ने र नवजात शिशु जन्मेको छ महिना पछि एउटा भव्य समारोहका बिच उक्त पुरुषको बलि दिने प्रथाको अधिकार र प्राप्त गर्नुका पछाडि त्यो बेलाका मानिसहरुले कुनै पनि वगस्तुको निर्षेद को निर्षेद– प्रकृति प्रद्धत्त नियम पत्ता लगाएका र त्यसलाई नै अन्तिम सत्य र प्रकृति पद्धत सिद्धान्त मान्न थालेका थिए । उदाहरणका लागि जसरी मकैको दाना जमिनमा रोपेर उम्रन्छ र पछि क्रमशः बिरुवा हुँदै फल तयार हुन्छ र डाँठको नास हुन्छ ठिक त्यसै गरी नयाँको आगमन र पुरानाको बिनासको सिद्धान्त अनुसार उनीहरुले नयाँ सन्तान जन्मिए पछि जुन पुरुषको वृयबाट उक्त नवजात शिशु जन्मिएको हो त्यो पुरुष जतिसुकै हृष्टपुष्ट र राम्रो मष्तिस्क भए पनि बलि दिने प्रचलन कायम गरिएको थियो । यस प्रकारको प्रचलने उग्र रुप लिएपछि एकातिर नारी जाती प्रति तिव्र असन्तुष्टी र बिरोध हुन थाल्यो भने अर्काेतिर गोप्य तरिकाले हुने यौन सम्बन्ध र त्यो दौरानमा हुने माया प्रेम र व्यापक पुरुष बलिका कारण पुरुष समाज समाज सखाप हुँदै गएको कारण मात्री शत्तात्मक युग र समाजको अन्त्य र पितृसत्तात्मक युग र समाजको थालनी भएको पाइन्छ ।

दुनियाँका जुन जुन देश र समाजले लैङ्गिक समानताको प्रश्नललाई उच्च प्राथामिकताका साथ सम्बोधन गरे, ति देशहरु सम्बृद्धीको दृष्टिकोणले विकासको शिखर चुमेका छन् । जुन देशले नारी जातीको लैङ्गिक अधिकारको प्रश्नमा संकिणता प्रकट गरे ति मुलुकहरु शुसासन र सम्बृद्धीको दृष्टिकोणले धेरै जर्जर, रुग्ण अवस्थाबाट गुजी्ररहेको परिदृश्य हाम्रो अगाडी छ ।

मानव समाजको प्रथम चरणमा राज्य शत्ताले प्राथामिकता पाएको थिएन । जसलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई माथि नै आदीम साम्यवादी युग र समाजको उल्लेख गरिसकिएको छ । आदीम साम्ययवादी युग र समाजलाई छोडेर बाँकी सबै प्रकारका युग र समाजमा सत्ताको चरित्र हमेशा वर्गीय रहदै आएको छ । मानव समाजको प्रारम्भिक चरणमा समाजको पुँजीमा व्यक्तिगत स्वामित्व थिएन । समाजको साझा पुँजीमा व्यक्तिगत स्वामित्व नभएकाले त्यहा राज्य शत्ताको आवश्यकता रहन गएन । राज्यशत्ता नै नभएपछि त्यस प्रकारको समाजमा राजनितिक दलहरु हुने कुरा भएन । निश्चित वर्गको प्रतिनिधित्व गर्ने राजनितिक दलहरु नै नभएपछि त्यो समाजका विभिन्न प्रकारका मानवअधिकारवादी संघसंस्थाहरु र नागरिक समाजको आवश्यकता हुने कुरा भएन । अहिले जस्तो राज्यशत्ताको मूल चरित्र वर्गीय र राज्यको संरचना र आर्थिक अवस्थाहरु नभएपछि त्यहाँ मानव अधिकारको हनन हुृने कुरै भएन । मानव अधिकारको हनन नै नभएपछि अशान्तीको सम्भावना पनि रहेन । प्राकृतिक प्रकोप वा भवितव्य, जैविक विपत्ती त्यो बेला मानिसमाथि आइ पर्ने विपत्ती थियो । त्यस प्रकारको स्थितिलाई उनीहरु माथि पहिला नै भनियो, प्रकृतिको उपज ठान्दथे ।

आदीम साम्यवादी युग र समाजमा कृषि व्यापार, वस्ति विकास, जातपात, जस्ता विभेदहरु थिएनन् । त्यो बेला मानिस बिचको सहकार्य सजिलो थियो । श्रम विभाजनको प्रकृया सँगै शत्ताको भ्रुणले मौलाउने मौका प्राप्त गर्याे । आगोको आविष्कारसँगै हथिायारको रुपान्त्रण भयो । मानिसहरुले पकाएर खान थाले । कबिलाई समाजमा हुने आपसी संघर्षको परिमाण स्वरुप सामाजिक सुरक्षाको प्रबन्ध गर्न थालियो । हिंस्रक जंगली जनावरबाट बच्नका निमित्त गुफामा बसाई सराइ गर्न थालियो । कृषि तथा व्यापारको विकास सँगै त्यसको संन्तुलित वितरणका लािग नयाँ नयाँ नियम बन्ने प्रकृया सुरु भयो । त्यस प्रकारका सामाजिक नियम पालना गराउने अधिकारी कालान्तरमा शाषक भयो र त्यसको पालन गर्नेहरु शोषित वर्गमा परिणत हुँदै गएको र जबजब उत्पिडित वर्गले शत्तामा पहुँच बढाउन खोज्यो, तब तब युद्ध भयो । युद्धको दौरानमा विजयी पक्षका इतिहास लेखिए । विजेता वर्गलाई देवता र युद्धमा पराजित भएको वर्गलाई दानव र राक्षसको दर्जा दिइयो । त्यसरी मानिस मानिसहरुको बिचमा गरिने शोषण, दमन, अन्याय, अत्याचारलाई पहिला धर्म पछि न्याय र राष्ट्रियताको नाम दिन थालियो । अहिले शान्ती र मानव अधिकारको दुहाइ दिइदै छ ।

समाजमा वर्गहरुको उत्पति र वर्ग संघर्षंको विकासको परिणाम स्वरुपः विश्व, साम्यवादी युग र समाजको स्थान सामन्तवादले लियो । सामन्तवादी युग र समाजको स्थान पुँजीवादले लियो । पँजीवादी युग र समाजको स्थान समाजवादी युग समाजले लिने दिशामा उन्मुख रहेको छ । तर बिडम्बनाको कुरा त के छ भने पितृसत्तात्मक युग र समाजको उदय सँगै जसलाई हामी दाश युग र समाज भन्दछौँ , त्यो युग र समाजमा पितृसत्तात्मक युगको आगमनसँगै महिलाहरुको नाक, कान छेडेर बन्दी बनाउने र श्रम र उत्पादनको काममा लगाउने प्रचलन कायम भएको पाइन्छ । हामीले इतिहासका कथाहरु पढ्दा र सुन्दा समेत आङ श्रीङ्ग हुने पुरुषहरुको मरणोपरान्त पत्नी समेत जिउँदै सती जानुपर्ने प्रथा इतिहसाको एउटा कालो अध्याय भईसकेको भए ता पनि हाम्रो जस्तो मुलुकमा भर्खरै मात्रै प्रधानमन्त्री चन्द्र शमशेरले करिब सय वर्ष अघि मात्र नेपालमा सती प्रथाको उन्मूलन भएको घोषणा गरेका थिए ।

त्यो समाजमा नारी जातिलाई सिर्फ वासनाको साधन बनाइन्थ्यो भने सामन्तवादी युग र समाजमा नारीहरुलाई मानवताको वर्गमा ल्याउने काम गरियो । पुँजीवादी युग र समाजमा नारी जातिलाई सिर्फ प्रचारको साधन र बच्चा जन्माउने मेसिनको रुपमा प्रयोग गरिदैँ छ । उदाहरणको निम्ती आज दुनियाँका धनी देशहरुको आर्थिक निति तथा कार्यक्रमलाई जुन देशहरुले सहर्ष स्विकार गर्दछन्, त्यो देशको कुनै न कुनै छोरी विश्व सुन्दरी पनि बन्दछे । त्यो देशले ऋण पनि प्राप्त गर्दछ । जुन देशहरुले त्यस प्रकारको निति तथा कार्यक्रमलाई अस्विकार गर्दछन्, ति देशहरुको आकासबाट मिसाइल हानिन्छ र लाखाँै करोडौँ मानिसहरुलाई मृत्युको मुखमा पु¥याइन्छ ।

सिद्धान्ततः नारी पुरुष (भाले पोथी) एक रथका दुई पाङ्ग्रा हुन भन्ने कुरा जगजाहेर नै छ । उनीहरुको सम्पती माथिको हक, शिक्षा माथिको हक र शरिर माथिको हक सुनिश्चित नभए सम्म उनीहरु भित्रको अन्र्तनिहित कला, प्रतिभा र क्षमता स्वतन्त्रता पूर्वक प्रष्फुटित हुनै सक्दैन र उनीहरुको उच्च प्रकारको मनोवलको कल्पना गर्न सकिन्न । उनीहरुको आत्मनिर्णयको अधिकारको ग्यारेण्टी नभए सम्म समाज र कुनै पनि मुलुकका लागि नारी जातीको सक्रिय योगदान र भुमिकाको परिकल्पना पनि गर्न सकिन्न ।

दुनियाँका जुन जुन देश र समाजले लैङ्गिक समानताको प्रश्नललाई उच्च प्राथामिकताका साथ सम्बोधन गरे, ति देशहरु सम्बृद्धीको दृष्टिकोणले विकासको शिखर चुमेका छन् । जुन देशले नारी जातीको लैङ्गिक अधिकारको प्रश्नमा संकिणता प्रकट गरे ति मुलुकहरु शुसासन र सम्बृद्धीको दृष्टिकोणले धेरै जर्जर, रुग्ण अवस्थाबाट गुजी्ररहेको परिदृश्य हाम्रो अगाडी छ । हामी हाम्रै देशको लोकतान्त्रीक आन्दोलनको वितेको आठ दशकको दाँैरानमा नेपाली नारीहरुले पुरुषहरुले भन्दा तुलनात्मक रुपमा इमाान्दारी पुर्वक, जति सुकै कठोर काम, जिम्मेवारी र भुमिका पुरा गर्नु परे पनि अनुशासित ढंङ्गले, जोखिम मोलेर, त्याग, तपश्या, बलिदान, जेलनेल, भुमिगत जीवन, प्रहरी दमन र सर्वस्वहरण हुनका निम्ति तयार भएकै कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको ताजा स्वास फेरिरहेका छौँ । हो, प्राकृतिक जगतमा पुरुष (भाले) भन्दा नारी (पोथी) जाति सामान्यतया कमजोर हुन्छ । भाले जातिले पिछा गराउँछ, पोथी जातिले समर्पण गर्दछ । यो वास्तवमा प्रकृति पद्धत नियम हो र यस प्रकारको नियमलाई नारी जातिले स्थगित वा रद्द गर्न पर्छ भन्ने देखिन्न । यो नारी जातिको एउटा उदार विशेष अधिकार हो । तर उनीहरुको त्यस प्रकारको नैसर्गिक अधिकार बाट पुरुषहरु तृप्त हुदैनन र सिर्फ मनोरन्जनको स्तरमा उनीहरुलाई धकेल्न प्रयत्नरत रहेका हुन्छन् । नारी जातिलाई समाजको एउटा सार्थक सदस्यको रुपमा स्विकार गरे बिना, उनीहरुको बोध क्षमताको ठूलो पैमानामा विकास गरे बिना उनीहरुलाई अधिकारका सबै क्षेत्रमा स्वस्थ प्रतिश्पर्धा गर्ने अवसर प्रदान नगरे सम्म, उनीहरुालाई एउटा दुर्बल प्राणीबाट समाज र देशको राजकीय भुमिकामा नजोडे सम्म, उनीहरुले कहिल्यै पनि समाज र राज्य वा राजनैतिक दलले लिने फैसलाहरुको स्वामित्व लिने छैनन् र उनीहरुलाई उनीहको जनसंख्याको अनुपात बराबरको सहभागिता बिना नै लिने कुनै पनि सार्वजनिक निर्णयहरुको अपनत्व महशुस हुने छैन । २१ औँ शताब्दिमा नारी जातिको राजकीय र आर्थिक क्षेत्रमा व्यापक सहभागिता बिना एउटा एकताबद्ध, सापेक्षित रुपमा शान्त, शुसासन र आर्थिक समृद्धी तथा समुन्नतन समाजवादको कुरा त टाढाको विषय हो , एउटा स्वतन्त्र र सभ्य परिवारको समेत परिकल्पना गर्न सकिने छैन ।

नारी जातिले पनि परम्परावाद, यान्त्रीकतावाद, रुढिवाद, यथास्थितिवादका अलावा समाजमा सदियौँदेखि जरा गाढेर बसेको अन्धविश्वास, विभिन्न प्रकारका कुरीति र कुसंस्कारहरु, जुन थोत्रा र पाखण्डी विचारहरुको जगमा खडा गरिएका सबै पर्खालहरुलाई जरैदेखि भत्काउँदै आफ्नो गुमेको अधिकार सुनिश्चित गर्नका लागि सचेतपूर्वक समाजमा जनमत सिर्जना गर्ने, भौतिक शक्ति तयार गर्ने र आवश्यक परे संघर्ष गर्नका निम्ति तत्पर भएर मात्रै राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरु सुनिश्चित गर्न सक्नेछन ।

११३ औँ नारी दिवसको अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना ।


सन्दर्भ सामाग्रीहरु : परिवार निजि सम्पति र राज्यको उत्पति– फेडेरिक एलेल्स
गौतमबुद्ध भगवान होइनन् दार्शनिक हुन – प्रणयपासा
महिला अधिकारको औचित्य –मेरी वोल्सटन क्राफ्ट
लेखक : वैकल्पिक राजनितिक पुर्नगठन अभियान नेपालका केन्द्रीय स्कूल तथा प्रशिक्षण कार्यदलका सदस्य हुनुहुन्छ ।


प्रतिक्रिया

खबर सबै