

विश्व कप क्रिकेट लिग ‘टु’ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाण्डाै
आईसीसी विश्व कप क्रिकेट लिग ‘टु’ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजाे बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन् ।
यूएई जानुअघि नेपाली टोलीले श्रीलङ्कामा तयारी गर्नेछन् । नेपाली टोली भोलि शनिवार श्रीलङ्का जानेछ । श्रीलङ्काबाट आउँदो मार्च १४ तारिख अर्थात् फागुन ३० गते टोली यूएई प्रस्थान गर्नेछ ।
नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग दुई/दुई वटा खेल खेल्नेछ । लिग ‘टु’ मा नेपालसहित ओमान, स्कटल्यान्ड, अमेरिका, यूएई, नामिबिया र पीएनजी गरी सात टोली छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया