

इपिएल क्रिकेट : आइतबार दुई खेल हुँदै

काठमाडौ । चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा आइतबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ बीच प्रतिस्पर्धा हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्दै प्ले अफको सम्भावनालाई कायम राख्न चाहन्छ । काठमाडौं २ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।
करण केसी कप्तानीमा रहेको विराटनगर लगातार ४ पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । उ काठमाडौँलाई हराउँदै सान्त्वना जित दर्ता गर्ने सोचमा हुनेछ।
यस्तै दिउँसो साढे १ बजे सुरु हुने दोस्रो खेलमा चितवन टाईगर्स र ललितपुर प्याट्रियट्सले एक अर्काको सामना गर्नेछन् ।
सोमपाल कामी कप्तान रहेको चितवन आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ । प्ले अफमा पुगिसकेको उ लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ ।
कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने ललितपुर प्ले अफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ । उ ४ खेलमा ३ अंक जोड्दै चौंथो स्थानमा छ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया