

बङ्गलादेशसँग जित्नैपर्ने दबाबमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

मंसिर २,काठमाण्डौ ।
नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल मङ्गलबार हुँदैछ । यी दुईबीचको खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ ।
मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । मङ्गलबारको खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।
पाँच वर्षपछि पहिलो पटक बङ्गलादेशसँग पराजित भएको नेपालले यो खेलमा कम्तीमा २–० गोल अन्तरले जित निकाल्न सकेमा ट्रफीको छिनोफानो पेनाल्टी शूटआउटबाट तय हुनेछ । उपाधिको लागि यो खेल जित्नैपर्ने दबाबमा रहेको भन्दै नेपाली टिमका मुख्य प्रशिक्षक महर्जनले पनि पहिलो खेलमा भएको कमी कमजोरी सच्याएर बङ्गलादेशसँगको खेलका लागि टिम तयार रहेको बताएका छन् ।
अभ्यासका लागि पर्याप्त समय नपाएको र नयाँ खेलाडी हुनुले पनि बङ्गलादेशसँगको पहिलो खेल हारेको भन्दै महर्जनले दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया