

प्रशिक्षणका लागि बोलाइएका ५ खेलाडीमा कोरोना सङ्क्रमण

कात्तिक १४, काठमाण्डौ ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घले प्रारम्भिक चरणका लागि बोलाइएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिनुभयो । अहिले पाँचै जना आइसोलेशनमा रहेका छन् ।
मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् । गएको चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै खेलकुद क्षेत्र ठप्प भएको थियो, जसमा फुटबल पनि परेको थियो । दक्षिण एसियाली देश बङ्गलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरे पनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन । तर सरकारले दशैँलगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारदेखि प्रशिक्षण आरम्भ गरेको हो । खेल कात्तिक २८ र मङ्सिर २ गतेका लागि तय भएका छन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया