

प्रशिक्षणका लागि बोलाइएका ५ खेलाडीमा कोरोना सङ्क्रमण



कात्तिक १४, काठमाण्डौ ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घले प्रारम्भिक चरणका लागि बोलाइएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिनुभयो । अहिले पाँचै जना आइसोलेशनमा रहेका छन् ।
मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् । गएको चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै खेलकुद क्षेत्र ठप्प भएको थियो, जसमा फुटबल पनि परेको थियो । दक्षिण एसियाली देश बङ्गलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरे पनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन । तर सरकारले दशैँलगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारदेखि प्रशिक्षण आरम्भ गरेको हो । खेल कात्तिक २८ र मङ्सिर २ गतेका लागि तय भएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया